युवा नेतृत्व कार्यक्रमका लागि मदरल्याण्डका ४ विद्यार्थी अमेरिका जाने

पाेखरा | जेठ ३१, २०८१

युवा नेतृत्व कार्यक्रमका लागि मदरल्याण्डका ४ विद्यार्थी अमेरिका जाने

पोखरा:   अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जाने भएका छन् ।

 

मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुविज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रविना पौडेल जान लागेका हुन् । 
 

उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् । 

 

उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् ।  

 

विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, सस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् ।  

 

उनीहरुले २१ दिन सम्म अमेरिकामा रहेर अन्य देशका युवाहरु सँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् । 
 

विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाई र सिकाईसँगै भए छिटो सिक्न सक्ने बताइन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् । 

 

कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए ।

 

उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बताए । 
 

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्